मकवानपुर, कात्तिक ३ :

कुलेखानी- फाखेल र सिस्नेरी- दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

इन्द्रसरोवर गाउँपालिका- २ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द हुने प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनुभयो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौँडा- भैँसे- पालुङ-काठमाडौँकान्तिलोकपथ- हेटौँडा- ठिङ्गन- काठमाडौँ प्रयोग गर्न उहाँले अनुरोध गर्नुभएको छ ।