काठमाडौं, भदौ ८ :

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने भन्दै प्रधानमन्त्री वालेन्द्र साहको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित भ्रमणमा गएकाले त्यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने तर्क गरे। उनले प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई मुस्ताङ भ्रमण गरेको भए त्यसको उद्देश्यबारे सदनमा जवाफ दिनुपर्ने बताए।

प्रधानमन्त्री के खान जानुभएको हो ? भनी प्रश्न गर्दै साम्पाङले भने,‘ मुस्ताङमा स्याउ पनि फलेको छैन, के चाख्न जानुभएको हो यो कुरा पनि उहाँले सदनलाई भन्नुपर्छ ।’