आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

अदालत कुनै पनि पार्टीको आन्तरिक विषयमा प्रवेश नगर्ने सांसद केसीको विश्वास

ब्रेक नभएको गाडी सजग भएर कुदाउँन सरकारलाई आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
अदालत कुनै पनि पार्टीको आन्तरिक विषयमा प्रवेश नगर्ने सांसद केसीको विश्वास
काठमाडौं, भदौ ८ :

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले अदालत कुनै पनि पार्टीको आन्तिरक विषयमा प्रवेश नगर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको वैठकबाट बाहिरिदै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे सांसद केसीले अदालतमा रिट निवेदन दर्ता हुँदैमा आत्तिनु नपर्ने बताउँदै परिणामबाट विचलित हुनुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले राष्ट्रिय एकता र लोकतन्त्रको लागि राष्ट्रिय सबै पक्ष लचिलो बन्नु पर्नेमा जोड दिँदै कांग्रेसको विशेष महाधिवेशनलाई स्वीकार गरी सबै सहमतिमा आउनु पर्नेमा जोड दिए ।

 एक फरक प्रसंगमा केसीले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणको प्रंससा गर्दे जुन उदेश्यले गएपनि प्रधानमन्त्रीले देखाएको सादगी संसदमा आएर देखाए अझ राम्रो हुने भनाई थियो ।

उनले दुई तिहाईको सरकारलाई पाँच वर्ष सघाउन कांग्रेस सधै तयार रहेको भन्दै काम गर्दा विधि र प्रक्रिया पु¥याउन आग्रह गर्दे ब्रेक नभएको गाडी जहाँ पनि कुदाउँदा जहाँ पनि दुर्घटना हुन सक्ने भन्दै सजग भएर काम गर्न आग्रह गरे।।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार