काठमाडौं, भदौ ८ :

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले अदालत कुनै पनि पार्टीको आन्तिरक विषयमा प्रवेश नगर्ने विश्वास व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको वैठकबाट बाहिरिदै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दे सांसद केसीले अदालतमा रिट निवेदन दर्ता हुँदैमा आत्तिनु नपर्ने बताउँदै परिणामबाट विचलित हुनुपर्ने कुनै कारण नभएको तर्क गरे । उनले राष्ट्रिय एकता र लोकतन्त्रको लागि राष्ट्रिय सबै पक्ष लचिलो बन्नु पर्नेमा जोड दिँदै कांग्रेसको विशेष महाधिवेशनलाई स्वीकार गरी सबै सहमतिमा आउनु पर्नेमा जोड दिए ।

 एक फरक प्रसंगमा केसीले प्रधानमन्त्री बालेन्द्र साहको मुस्ताङ भ्रमणको प्रंससा गर्दे जुन उदेश्यले गएपनि प्रधानमन्त्रीले देखाएको सादगी संसदमा आएर देखाए अझ राम्रो हुने भनाई थियो ।

उनले दुई तिहाईको सरकारलाई पाँच वर्ष सघाउन कांग्रेस सधै तयार रहेको भन्दै काम गर्दा विधि र प्रक्रिया पु¥याउन आग्रह गर्दे ब्रेक नभएको गाडी जहाँ पनि कुदाउँदा जहाँ पनि दुर्घटना हुन सक्ने भन्दै सजग भएर काम गर्न आग्रह गरे।।