धादिङ, भदौ १४ :

भोटेकोसीमा पानीको बहाब बढ्दा आइतबार त्रिशूली नदीले धादिङमा ४ घर बगाएको छ । धादिङको गल्छी गाउँपालिका-४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीले चारवटा घर बगाएको छ भने , अन्य घर पनि जोखिममा परेको छ ।

धादिङका प्रहरी प्रमुख एसपी सुमित खड्काका अनुसार बाढीले नदी आसपासका क्षेत्र कटान गरेका कारण थप केही घरसमेत जोखिममा परेका छन्।  भीषण बाढीले त्रिशूली नदी आसपासका बस्ती उच्च जोखिममा परेका छन्। भोटेकोसी बाढीले त्रिशूलीको जलसतह आज बिहान ३ मिटर बढेको थियो ।