मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा #विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा
समाचार

विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने निर्णय

सक्रिय न्युज · मंगलबार, १६ भदौ, २०८३ मा प्रकाशित
विपद् व्यवस्थापन कोषमा एक अर्ब उपलब्ध गराउने निर्णय
काठमाडौं, भदौ १६ :

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार तथा विपद् व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषमा रु एक अर्ब उपलब्ध गराउने निर्णय भएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ बमोजिम गठित कोष सञ्चालन समितिको आज बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रहेको रकममध्ये रु एक अर्ब उक्त कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्टको संयोजकत्वमा बसेको बैठकले भदौ १० गते नेपाल-चीन सीमाक्षेत्र तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारलगायत कार्य सञ्चालन गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको एभरेष्ट बैंक, सिंहदरबार शाखामा रहेको खाताबाट रु एक अर्ब विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिमको विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकमा गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरूको सहभागिता थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार