मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा #विराटनगर किङ्स#दुई कैदी पक्राउ#माधवकुमार नेपाल#मिनेन्द्र रिजाल#भ्रष्टाचार मुद्दा दायर#न्यायाधीश हरिप्रसाद फुयाँ#चौथो तिहार फ्लोरा एक्स्पो#सुनको मूल्य#चाँदीको घट्यो#मन्त्रिपरिषद् बैठक#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा
समाचार

पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन

सक्रिय न्युज · मंगलबार, १६ भदौ, २०८३ मा प्रकाशित
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन
गुल्मी, भदौ १६ :

अविरल वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान आएको पहिरोका कारण कालीगण्डकी करिडोर खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका-२ राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक निर्माण कम्पनी, स्थानीय पालिका र सुरक्षाकर्मीको समन्वयमा आज दिनभर डोजर प्रयोग गरी पहिरो पन्छाएसँगै उक्त सडकखण्डमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कालीगण्डकी करिडोर सडक अवरुद्ध भएपछि प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रमा आज बिहानैदेखि प्रहरी टोली परिचालन गरिएको थियो ।

सडक सञ्चालनमा आएसँगै बिहानदेखि पूर्तिघाट र रुद्रवेणी क्षेत्रमा रोकिएका सम्पूर्ण सवारीसाधन आआफ्नो गन्तव्यतिर लागिसकेका प्रहरीले जनाएको छ । उक्त कालीगण्डकी करिडोर सडक जिल्लाको प्रमुख सडक सञ्जालअन्तर्गत पर्दछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार