
चितवन, कात्तिक ४ :
इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा थुनुवामा रहेका एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।
आपराधिक लाभ कसुर मुद्दामा यही कात्तिक १ गते पक्राउ परेका रत्ननगर नगरपालिका– १३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।
आज बिहान ४ः४५ वजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका उनलाई उपचारका क्रममा भरतपुर अस्पतालमा पुर्याइएकोमा बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।