सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

गत वर्ष आगजनी गरिएको बालकोटस्थित निवासको ओलीले गरे अवलोकन

राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ को विमोचन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ भदौ, २०८३ मा प्रकाशित
गत वर्ष आगजनी गरिएको बालकोटस्थित निवासको ओलीले गरे अवलोकन
काठमाडौं, भदौ २४ :

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त आफ्नो निवासको अवलोकन गर्नुभएको छ । गत वर्ष भदौमा आफ्नै निवासमा भएको आगजनीपछि ओली घरको अवस्था अवलोकनका गर्न आज उनी त्यहा पुगेका हुन् ।

सो अवसरमा बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त निवासबारे ओलीका पत्नी राधिका शाक्यको अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ आज विमोचन गरिएको छ ।

लेखक शाक्यले जनताको मायाका कारण आफूहरू जीवित रहेको बताउँदै अझै पनि ओलीमाथि विभिन्न आरोप र लाञ्छना लगाउने काम भइरहेको गुनासो गर्नुभयो । शाक्यले आफूहरू कर्तव्यपथबाट कहिल्यै पछि नहट्ने दाबी गरिन् ।

पुस्तकमा २०८२ भदौ २३ गतेदेखि यही भदौ २४ गतेसम्मका घटनाक्रम र त्यसबीच आफूहरूले भोगेको अवस्थालाई समेटिएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार