
काठमाडौं, असोज २ :
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । उनले यसअघि नै प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन्।
वर्तमान सरकारले ल्याएको अध्यादेशबाट हितेन्द्र देव शाक्य स्वत पदमुक्त भएपछि कार्यकारी निर्देशकको पद रिक्त थियो। अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई पदबाट हटाएकोमा सर्वोच्चको परमादेशसँगै पुनर्बहाली भएका थिए ।