साउन २१ :

काठमाण्डौं,साउन २०: अमेरिकी दूतावासले लेबनानको राजधानी बेरुतमा रहेका आफ्ना नागरिकहरूलाई मध्यपूर्वमा तनाव बढ्दै जान थालेपछि कुनै पनि टिकट उपलब्ध गरी लेबनान छोड्न आग्रह गरेको छ।

लेबनानको राजधानी बेरुतमा रहेको अमेरिकी दूतावासले यो आग्रह गरेको हो । त्यसैगरी यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छाड्न भनेका थिए ।

यो क्षेत्रको अवस्था छिटो बिग्रन सक्ने जनाएको छ ।

इरानले बुधबार तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको हत्या इजरायलले गरेको आरोप लगाएको छ । इरानले इजरायलको विरुद्धमा कठोर बदला लिने वाचा गरेको छ। इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रबार हत्या गरेको केही घण्टापछि उनको हत्या भएको हो।

लेबनान समर्थित हिजबुल्लाह भएकोले यसको वदलामा लेबनानले कुनै पनि ठूलो भूमिका खेल्न सक्ने जनाईएको छ ।

हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल सहरमा दर्जनौं रकेट प्रहार गरेको छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले रकेटलाई रोकेको देखाएको छ।

तत्कालै लेबनान लगायतका देशमा चर्को द्वन्द हुनसक्ने भन्दै अमेरिकाले उपलब्ध हवाइ टिकट लिएर फर्किहाल्न भनेको हो ।

चर्कँदै गरेको इजरायल- प्यालेष्टाइन युद्धकै क्रममा हमासका उच्च तहका नेता इस्माइल हानियाको हत्या भएपछि मध्यपूर्वमा तनाव चर्कने अनुमानहरु गरिएका छन ।