काठमाण्डौँ , कात्तिक ६ :

काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा गए राति पानी परेको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कैलालीमा ३० दशमलव २ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्दिया, गुल्मी, स्याङ्जा, कास्की, लमजुङ, गोरखा, नवलपरासी, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, दोलखा, रामेछाप, मकवानपुर, बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सङ्खुवासभा, इलाम लगायतका जिल्लाहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

आज पनि लुम्बिनी प्रदेशलगायत पहाडी भेगका केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

केही दिनयता मौसम बदली भएसँगै देशभर चिसो बढ्न थालेको छ ।