
फाइल फोटो
विपक्षी दलहरूले बाढी पहिरोबाट पीडित जनताका लागि राहत, पुनर्स्थापना, सुशासन, जनजीविका लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउन आज ज्ञापनपत्र बुझाउँने भएका छन् ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सरकारको सय दिनको समीक्षा गर्दै बाढीपहिरो पछिको राहत तथा पुनर्स्थापना, सुशासन, सामाजिक न्याय, जनजीविका लगायत विषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।
ज्ञापनपत्र दिउँसो ४ः ३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने तयारी छ ।
बैठकले समग्र अवस्थाको अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन समेत गरेको थियो ।
कार्यदलमा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत सहित एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल रहेका छन् ।