डीआईजी किरण राणा एआईजीमा बढुवा, ११ दिनपछि अवकाशमा जाँदै
सोमबार, ६ कात्तिक, २०८१ मा
प्रकाशित
काठमाण्डौँ , कात्तिक ६ :
नेपाल प्रहरीको जनपद समुहतर्फ डीआईजी किरण राणालाई एआईजी (अतिरिक्तमहानिरीक्षक) मा बढुवा सिफारिस गरिएको छ ।
हिजो साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गर्नुभएको थियो।
तर उहाँ एआईजीको पदमा रहेर ११ दिनपछि ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जाँदै हुनुहुन्छ ।
प्रहरी नियमावली- २०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जाने व्यवस्था रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।