शुक्रबार, १६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सुशासनका सवालमा सरकार पूर्णतःअसफल देखियो : खुस्बु ओली

सर्वसाधारणलाई दैनिक जीविकोपार्जन गर्न गाह्रो भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ घण्टा अगाडि प्रकाशित
सुशासनका सवालमा सरकार पूर्णतःअसफल देखियो : खुस्बु ओली
काठमाडौं, असोज १६ :

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा सरकार असफल देखिएको टिप्पणी गरेकी छन् ।

 शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले महङ्गी र कालाबजारीका कारण जनताको जीवनयापनमा प्रभाव परेको र सुशासनका सवालमा समेत सरकार असफल देखिएको टिप्पणी गर्नुभएको हो । उनले देशमा महँगी चरम विन्दुमा पुगेकाले सामान्य र मध्यमवर्गीय परिवारलाई खाद्यान्न तथा ग्यास आपूर्तिका कारण दैनिक जीविकोपार्जन गर्न गाह्रो भइरहेको बताइन् ।

त्यस्तै उनले  सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र स्वदेश तथा विदेशमा रहेका नेपालीहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने प्रतिबद्धता र लक्ष्य पूरा गर्न नसकेको आरोप लगाइन् ।

सरकारले सुशासनको धज्जी उडाएको र प्रधानमन्त्री कार्यालय मातहतको सफ्टवेयर कम्पनीका सीईओ नियुक्ति प्रकरण जस्ता घटनाले सरकारको इमानदारितामाथि गम्भीर प्रश्न उठाएको उनले बताइन् ।

साथै उनले  प्रधानमन्त्रीले संसद्लाई पूर्ण रूपमा उपेक्षा गरेको, संसदीय नियमावली अनुसार संसद्मा उपस्थित भएर जबाफ नदिएको र संसद् छलेर अध्यादेश ल्याउने जस्ता गैर–लोकतान्त्रिक अभ्यास गरेको बताइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार