काठमाडौं, असोज २१ :
सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकटका केही व्यक्तिको घरमा छापा मारेको छ ।
स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबराका केही नातेदार र निकट नवीन बस्नेत, नारायणप्रसाद दाहाल, नवराज थपलिया र दीपक तिमल्सिनाको घरमा छापा मारेर सम्पत्ति शुद्धीकरणको टोलीले महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।
केही दिनअघि मात्रै सीआईबीको टोलीले जबरालाई उनकै घरबाट मध्यराति पक्राउ गरेर १२ घण्टापछि छाडेको थियो । सरकारविरुद्ध षडयन्त्र गर्ने रणनीतिमा लागेको आशंकामा जबरा र उनी निकटमाथि सुरक्षाकर्मीले निगरानी राख्दै आएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
महाधिवेशन प्रतिनिधिलाई सभापति थापाले भने- यो पटक म तपाईँहरुलाई विश्राम गर्न दिनेवाला छैन
कांग्रेस सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ : नेता आङ्देम्बे
उपसभापतिबाट देवराज चालिसेको उम्मेदवारी फिर्ता