
काठमाण्डौँ , कात्तिक ८ :
रक्सौल- अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ ।
यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले परीक्षणका लागि पेट्रोल पनि ल्याएको हो ।
निगमले अब मल्टि प्रोडक्ट पाइप लाइनमार्फत डिजेल पेट्रोल र मट्टितेल ल्याउन लागेको जनाएको छ ।
पहिलो चरणमा परीक्षणका लागि पाँच हजार पाँच सय किलोलिटर पेट्रोल ल्याएको जनाएको छ । पहिलो पटक असोज १८ गते परीक्षणको क्रममा पेट्रोल नेपाल आइपुगेको थियो ।
अब परीक्षण सकेर एक महिनापछि नियमित रूपमा पेट्रोल ल्याउने तयारी गरिएको निगमको अमलेखगन्ज कार्यालयले जनाएको छ ।
हाल बरौनीबाट ट्याङ्करमार्फत अमलेखगञ्जसम्म पेट्रोल ल्याउने गरेकोमा अब भने पाइप लाइनबाट नै आयात हुने छ ।