काठमाण्डौं, कात्तिक ८ :

अमेरिका ए सँगको ५० ओभरको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

अमेरिकाको डालसस्थिती ग्राण्ड प्रेरीमा बुधवार बिहान भएको खेलमा नेपाल अमेरिका ए सँग ४ विकेटले पराजित भयो ।

नेपालले दिएको ८१ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको नेपालले २५.३ओभरमा अल आउट हुदै ८० रनमा अल आउट भएको थियो ।

यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।

अमेरिकामा नै यही कार्तिक ९ बाट १९ गतेसम्म विश्व कप लिग टू अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिज आयोजना हुदैछ । सिरिजमा घरेलु टोली सहित नेपाल र स्कटल्यान्ड खेल्दै छन् ।

सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग हुनेछ ।

नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा खेल्नेछ ।

सिरिजको सबै खेल अमेरिकाको टेक्सासस्थित डालसमा रहेको ग्रान्ड प्रेरि स्टेडियममा हुनेछ। सबै खेल नेपाली समयअनुसार राति सबा ९ बजे सुरु हुनेछ।