
अर्घाखाँची, कात्तिक १० :
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालले स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरुत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको जानकारी दिनुभयो।
नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरेको नगरप्रमुख छविलाल पौडेलले बताउनुभयो ।
उहाँले उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।