आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश गण्डकी प्रदेश भिडियो

जनजीविकाका मुद्दामा सरकार गम्भीर नभएको कांग्रेस महामन्त्री पौडेलको आरोप

कांग्रेसले प्रभावकारी रूपमा आवाज उठाउनुपर्नेमा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
जनजीविकाका मुद्दामा सरकार गम्भीर नभएको कांग्रेस महामन्त्री पौडेलको आरोप
कास्की, कात्तिक ३० :

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले जनजीविकाका मुद्दाहरुमा सरकार गम्भीर नदेखिएको र मूल्यवृद्धि समेत नियन्त्रण गर्न नसकेकाले कांग्रेसले नै जनजीविकाका मुद्दाहरुलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखे ।

नागरिकहरुसँग आत्मियता कायम गर्दै उनीहरुको पीडामा मलम लगाउनेदेखि देशको विकास गर्ने कुरामा समेत बुझेर अघि बढ्न उाले आग्रह गरे ।

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले  भ्रष्टाचार नियन्त्रणका लागि र कांग्रेसले बिगतमा गरेका ऐतिहासिक र महत्वपूर्ण कामको दस्तावेज राख्ने कुरामा ध्यान पुरयाउनु पर्ने धाराण राखे ।

सो अबसरमा कांग्रेसको १५औं महाअधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका केन्द्रिय सदस्यहरुलाई सम्मान गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार