आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश मधेस प्रदेश भिडियो

भारत भ्रमणका क्रममा जनकपुर-अयोध्या रेल सेवा नियमित र जनकपुरमा हवाई सेवा सुरु गर्न पहल गर्न प्रधानमन्त्रीलाई निधिको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
भारत भ्रमणका क्रममा जनकपुर-अयोध्या रेल सेवा नियमित र जनकपुरमा हवाई सेवा सुरु गर्न पहल गर्न प्रधानमन्त्रीलाई निधिको सुझाव
जनकपुर, मंसिर ४ :

नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता विमलेन्द्र निधिले पार्टीको विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै महाधिवेशन प्रक्रिया अघि बढिरहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँगको कुराकानीमा नेता निधिले १५औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौँमा आयोजना गर्नका लागि विधान, देशको कानुन र निर्वाचन आयोगको निर्देशिकाअनुसार नै आवश्यक प्रक्रिया अघि बढाइएको बताएका हुन् ।

महाधिवेशनको तयारीस्वरूप १६५ क्षेत्रमध्ये १४४ क्षेत्रको क्षेत्रीय अधिवेशन र ७७ मध्ये ५२ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी क्रममा रहेको उनले बताए ।

त्यस्तै नेता विमलेन्द्र निधिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुर देखि अयोध्यासम्मको रेल सेवा नियमित रूपमा सञ्चालन गर्न तथा जनकपुरमा हवाई सेवा सुरु गर्न पहल हुनुपर्ने बताए । भ्रमणका क्रममा नेपालको आर्थिक विकास, सीमा, यातायात र अन्य सम्बन्धित विषयमा सकारात्मक प्रगति हुने विश्वास रहेको उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार