आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति मधेस प्रदेश भिडियो

सर्वदलीय सरकार बनाउँछु : नवनियुक्त मुख्यमन्त्री यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ११ घण्टा अगाडि प्रकाशित
सर्वदलीय सरकार बनाउँछु :  नवनियुक्त मुख्यमन्त्री यादव
जनकपुरधाम, मंसिर ६ :

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् ।

 मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । “मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,” मुख्यमन्त्री यादवले भने , “मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।” 

निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । यसअघि प्रदेश प्रमुख कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार