आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
अर्थतन्त्र

सुनको मूल्य तोलामा २ हजार ८०० र चाँदीको ४५ रुपैयाँले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ९ घण्टा अगाडि प्रकाशित
सुनको मूल्य तोलामा २ हजार ८०० र चाँदीको ४५ रुपैयाँले घट्यो
काठमाडौं, मंसिर ६ :

साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार साताको पहिलो दिन सुनचाँदी दुवै धातुको मूल्यमा गिरावट देखिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार