सुस्ताउदै गएको घरजग्गा तथा निर्माण व्यवसायीलाइ पुन चलायमान बनाउने, स्वदेशी लागनी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्सपो —२०२६ आयोजना हुने भएको छ ।
नारायाणी जग्गा तथा आवास व्यबसायी संघले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ सम्म भरतपुर चितवनमा ३ दिने एक्सपो संचालन हुन लागेको जानकारी गराएको हो । विदेशमा सिप र अनुभव हाँसिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय संचालन गर्न प्रेरित गर्ने, रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र देशभित्र लगानीका सम्ंभावना पहिचान गराउने लक्ष्यसमेत एक्पोले राखेको छ । घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढीरहेका बेला स्वदेशमै लगानी तथा उधमशिलताको वातावरण निर्माण गर्नु एक्सपोको प्रमुख उदेश्य रहेको आयोजकले जनाएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले एक्सपोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाइ नयाँ गति दिने बिश्वास ब्यक्त गरे । उनले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसंग जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाय चलायमान बनाउन सामुहिक पहल अवश्यक रहेको बताए ।
एक्सपोमा आधुनिक घर तथा आवास निर्माण सामाग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माण सम्वन्धी उत्पादन तथा सेवाहरु प्रदर्शन गरिनेछ । घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षा सम्वन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ । करिब २५ हजार अवलोकनकर्ताले एक्पोको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ हवाई प्रवेशमार्गबारे सहमति हुने लुम्बिनीवासीको अपेक्षा
तल्लो अरुण जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री शाह र समकक्षी मोदीले दिल्लीबाट शिलान्यास गर्ने
सुनको मूल्य तोलामा २ हजार ८०० र चाँदीको ४५ रुपैयाँले घट्यो