आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश बागमती प्रदेश

कांग्रेस सभापति थापासँग भोटेकोशी बाढीपीडितको गुनासो

क्षतिपूर्ति र पुनःस्थापनामा सरकारको ढिलाई
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ९ घण्टा अगाडि प्रकाशित
कांग्रेस सभापति थापासँग भोटेकोशी बाढीपीडितको गुनासो
नुवाकोट, मंसिर ६ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज बेत्रावती पुगेर भोटेकोशी बाढी विस्थापितसँग भेट गरेका छन् । विस्थापितका समस्या सुनेपछि सभापति थापाले पुनर्स्थापनाका लागि सरकारलाई सहयोग गर्ने र आवश्यक ठाउँमा घचघच्याउने बताए । बाढीपीडितहरुको पुनःस्थापना र पुनर्निमार्णको काम जुन ढंगबाट अघि बढ्नु पर्ने थियो त्यही अहिलेसम्म नभएको सभापति थापाले बताए ।

सभापति थापाले स्थलगत अध्ययनपछि आफूले उच्चस्तरीय संयन्त्रमा पनि यो विषय राख्ने बताए  बाढी विस्थापितका सम्बन्धमा सरकारले गरिरहेको दाबी र स्थलगत वास्तविकता फरक रहेको सभापति थापाको भनाइ छ । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल, विपत्तिपछिको पुनर्स्थापनामा काम गरेका विज्ञहरूको समूह पनि थापासँगै नुवाकोट र रसुवाको बाढीबाट विस्थापित बसिरहेको ठाउँमा पुगेका छन् । त्यसो त कांग्रेस सभापति थापा बाढी लगत्तै पनि पीडितको अवस्था बुझ्न प्रभावित क्षेत्र पुगेका थिए ।

गत भदौ १० गरे आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको थियो । अझसम्म पनि कतिपय मृतकका परिवारले शव प्राप्त गर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको परिवारले फर्कने मारिसकेका छन् । धेरैले कुशको शव बनाएर अन्त्येष्टि समेत गरिसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार