बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लैङ्गिक हिंसा#कागेश्वरी मनोहरा नगरपालिका#रामजी यादव#म्याग्दी#धान उत्पादन#सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला #लैङ्गिक हिंसा#कागेश्वरी मनोहरा नगरपालिका#रामजी यादव#म्याग्दी#धान उत्पादन#सर्वोच्च अदालत#दानबहादुर कार्की#अन्तरिम आदेश भएन#कोरलानाका#संसदीय समिति#होल्डिङ सेन्टर#हट्न अल्टिमेटम#आनी छोइङ डोल्मा#कारण देखाउ आदेश#घोप्टेभिरको पहिरो#नयाँ कार्यसमिति#विवरण अद्यावधिक#निर्वाचन आयोग#देउवा पक्षको बैठक#शशांक कोइराला
राजनीति

युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री यादव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ घण्टा अगाडि प्रकाशित
युवा रोजगार र उद्यमशीलता विकासलाई प्राथमिकता दिएका छौँ : श्रममन्त्री यादव
काठमाडौं, मंसिर ९ :

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताका अवसर उपलब्ध गराउन मन्त्रालयले कार्ययोजना अघि बढाएको बताएका छन्।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले युवालाई स्वदेशमै टिकाउने कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए ।

मन्त्री यादवले मन्त्रालयका बाँकी कार्यमाइलस्टोन पुस मसान्तभित्र सम्पन्न गर्न र बेरुजु फछ्र्योटलाई तीव्रता दिन सम्बन्धित अधिकारीलाई निर्देशन दिए । उनले निर्धारित लक्ष्य पूरा गर्न ढिलाइ नगरी आवश्यक बजेट माग गरेर भए पनि समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश मल्लले पहिलो त्रैमासिकमा सम्पन्न हुन नसकेका कार्यक्रमलाई आगामी त्रैमासिकमा पूरा गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव डा दीपक काफ्लेले सीपयुक्त जनशक्ति उत्पादनलाई मन्त्रालयले प्राथमिकता दिएको बताए । मन्त्रालयका ३० ‘माइलस्टोन’ मध्ये १० वटा सम्पन्न भएको जानकारी दिँदै उनले बाँकी कार्य समयमै पूरा गर्नुपर्ने बताए ।

समीक्षामा राष्ट्रिय युवा ऐन जारी गर्न कानुन मन्त्रालयमा सहमतिका लागि मस्यौदा पठाइएको, युवा दृष्टिकोण २०४० को मस्यौदा तयार भएको, एक हजार २०० जनाको सीप परीक्षणका लागि समझदारी भएको र ६३ जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरिएकोलगायत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार