
नवलपरासी, कात्तिक १२ :
पूर्वी नवलपरासीमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।
देवचुली नगरपालिका २ दुम्कौलीमा धनमाया राजवंशीले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी भएका हुन् ।
बिरामी हुनेहरूमा धनमाया सहित रिदिमा राजवंशी, बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।
च्याउको तरकारी खाएका उनीहरूमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ ।