घोराही, कात्तिक १५ :

दाङमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार भञ्ज्याङको भिरबाट खस्दा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका- ६ का ४५ वर्षीय कर्णबहादुर थापाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार कारमा सवार तुलसीपुर- ७ झुमरे निवासी ३३ वर्षीय पूर्णबहादुर खत्रीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १६ च ७६४३ नम्बरको कार लमही नगरपालिका- ९ स्थित भञ्ज्याङको घुम्तीबाट दिउँसो खसेको थियो ।