
तिहार नजिकिएसँगै काठमाण्डौंका सडकहरुमा फूल तथा माला बिक्रि गर्न व्यवसायीहरु व्यस्त छन् । लक्ष्मीपुजाको अघिल्लो दिन बुधबार दिउँसोसम्म त्यति व्यापार भने नभएको व्यापारीहरुले बताए ।
नागढुंगाबाट काठमाण्डौंको बसन्तपुरको गणेशथानमा फुल बिक्रिका लागि आउनुभएकी माईली मगर आजदेखि फुल बेच्न सुरु गरेको र आज पहिलो दिन सोचेजति व्यापार नभएको बताउनुहुन्छ ।
राती १ बजेदेखि उठेर कालिमाटीबाट फुल लिएर सोही स्थानमा व्यापारका लागि आउनुभएकी लक्ष्मी फुलमा ५/१० रुपयाँ मात्रै नाफा राखेर फुल बेच्ने गरेको बताउनुहुन्छ ।
काठमाण्डौंकी सीता बस्नेत फुल महंगो भएको बताउनुहुन्छ । उहाहरु जस्तै अन्य फुल व्यापारीहरु बसन्तपुर गणेशथान सडक लगायत काठमाण्डौंका केही स्थानका सडकहरुमा फुल व्यापारीहरुले फुल विक्रि गर्दै आएका छन् ।
हुन त काठमाण्डौं महागरपालिकाले यस पटकको तिहारमा काठमाडौंका सडक किनारमा फुल र माला राख्न नपाईने जनाएको छ । काठमाडौं महानगरपालिकाले जथाभावी फूल तथा माला बेचेको पाइए कारवाही गर्ने समेत जनाएको छ । तर महानगरले तोकिएको स्थानमा मात्र फूलमालाको व्यापार गर्न दिने जनाएको छ।
होलसेल बाहेक साना व्यापारीले बिगमार्ट, सेल्सवेरी, भाटभटेनी, केके, मेट्रो मार्ट लगायत ठूला मार्ट र मलमा व्यापार गर्ने व्यवस्था मिलाएको छ ।