
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालका लागि सबैजना लाग्नुपर्ने बताउनुभएको छ ।
देश बनाउने काम एकै छिनमा नहुने भएकाले क्रमैसँग अघि बढ्दै जानुपर्ने बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी देउसी २०८१ को कार्यक्रममा बोल्दै उहाँले विकासको काम भइरहेको हेर्न पनि आग्रह गर्नुभयो ।
सिस्नुपानी देउसीमा प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै दानमा लिएको जग्गा तथा सरकारले गरेका कामका बारेका व्यङ्ग्य सहितको प्रस्तुतिकरण भएको थियो ।
सम्बोधनका क्रममा जवाफ दिदैँ प्रधानमन्त्री ओलीले कतिपय कुराहरू सामाजिक सञ्जाल र हल्लाको पछि लागेर टिप्पणी र व्यङ्ग्य गर्ने गरेको भन्दै आक्रोश समेत पोख्नुभयो ।
कार्यक्रममा उहाँले पानी सहितको सिस्नु छेक्ने बाक्लै पाइन्ट लगाएर आएको भन्दै दान सबैले गर्ने र लिने भएकाले आफूले पनि सन्तुलन मिलाएरै लिएको दाबी गर्नुभयो ।
उहाँले सत्यमा आधारित भएर बोल्न आग्रह गर्दै दान लिएको त्यो एउटा पोइन्टलाई मात्रै धेरै टिकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।