
रौतहट, कात्तिक १७ :
जङ्गली हात्तीको आक्रमणमा परी फतुवा- बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा- राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार जङ्गली हात्तीले बिहान एक्कासि आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, उनका श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्णरुपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्याएको जनाइएको छ ।