
साउन २२ :
प्रधानमन्त्री केपी शर्मा ओली निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग अवलोकनका लागि आज हेटौंडा जानुहुने भएको छ ।
(फास्टट्रयाक) सडक आयोजना अन्तर्गत विभिन्न ठाउँहरुको स्थलगत निरीक्षणका लागि ओली त्यसतर्फ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले धेद्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइ रहेको काठमाडौं-निजगढ सुरुङको पनि अवलोकन गर्नुहुने छ ।