काठमाण्डौँ , कात्तिक २१ :

तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । 

जाडोयाममा दिन छोटो हुने भएकोले आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिने भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

गत बिहीवार देखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएपनि तिहार बिदा परेका कारण आजदेखि कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुने भएका छन् ।

२०७४ साल चैत १४ मा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० बजे कार्यालय खुलेर बेलुका ५ बजे बन्द हुने र अन्य तीन महिना १० देखी ४ बजेसम्म मात्रै कार्यालय खुल्ने नियम बनाएको थियो ।