लामिछानेलाई २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीको माग,कार्यकर्तामाथि अश्रुग्यास प्रहार,
मंगलबार, २१ कात्तिक, २०८१ मा
प्रकाशित
काठमाण्डौं, कात्तिक २१ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीले माग गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो। तर,लामिछानेको पक्षका वकिलहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।
यसैबीच आज म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । केहीलाई पक्राउ गरेको बताईएको छ ।