काठमाडौँ, कात्तिक २१ :

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नु भएको छ । 
उहाँलाई सामान्य ज्वरो आएको  छ ।

 ज्वरोका कारण उहाँ अहिले प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराख्नु भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश शिलवालले जानकारी दिनुभयो ।