काठमाण्डौँ , कात्तिक २३ :

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जाल मार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति ट्रम्पलाई बधाई दिदै कार्यकालको पूर्ण सफलताको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गर्नुभएको छ ।