
काठमाण्डौँ , कात्तिक २४ :
आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ ।