कक्षा ११ र १२ का विद्यार्थीले मौका परीक्षा दिन पाउने (परीक्षा बोर्डको सूचनासहित)
शुक्रबार, २४ कात्तिक, २०८१ मा
प्रकाशित
काठमाडौँ, कात्तिक २४ :
सरकारले कक्षा ११ र १२ फेल भएर बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने निर्णय गरेको छ ।
विक्रम संम्बत २०५६ सालदेखि कक्षा ११ र १२ का विभिन्न विषयमा अनुत्तीर्ण भई बसेका विद्यार्थीहरुका लागि मौका परीक्षा दिन पाउने व्यवस्था राष्ट्रिय परीक्षा वोर्डले गरेको हो ।
बोर्डले अङ्कन प्रणालीमा अनुत्तीर्ण वा अनुपस्थित र अक्षराङ्कन प्रणाली (ग्रेडिङ सिस्टम)मा तोकिएको ग्रेड ल्याउन नसकेका विद्यार्थीहरुले यही मंसिर २७ गतेभित्र आवेदन फाराम भर्न पाउने व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले जानकारी दिनुभयो ।
मौका परीक्षा दिन पाउने विद्यार्थीहरुले सम्बन्धित विद्यालयहरुमा परीक्षा फारम बुझाउन सक्ने जानकारी प्रमुख सत्यालले दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।