
सर्जन प्याकुरेलको फेसबुक वालबाट लिइएको भिडियो
काठमाडौँ, कात्तिक २६ :
कालिकोटको जिप दुर्घटनामा घाइते भएकाहरुको सेनाले हेलिकोप्टरबाट उद्दार गरेको छ ।
आज पलाँता गाउँपालिका- ३ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको र ८ जना घाइते भएका थिए ।
घाइतेहरुलाई कालागाउँ क्षेत्रीय अस्पतालमा पुर्याइएको छ ।
मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।