
बैतडी ।, मंसिर १ :
दार्चुलामा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ ज ३३८ नम्बरको जिप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका- ५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । जात्रा हेरेर फर्किएकाहरू सवार दुर्घटनामा परेको उहाँले बताउनुभयो ।
घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उहाँले मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो। घाइतेहरूलाई गोकुलेश्वर अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण र जिपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।