
दार्चुलामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा दार्चुलाको शैल्यशिखर नगरपालिका- ५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर- ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी- ५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर- ९ गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी गाउँपालिका- ५ का वीरेन्द्र सिंह बोहरा रहेका छन् ।
दुर्घटनामा भारतको उत्तर प्रदेश विजनौरका सुहिल साह, बैतडी डिलासैनी- ५ का उत्तम रोकाया, शैल्यशिखर- ५ का सन्दीप रावल सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका- ८ निवासी जिप चालक सुनिल जोशी घाइते भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।