
काठमाण्डौं, मंसिर १ :
नेपालमा उत्पादित बिजुली भारतपछि आजदेखि बङ्गलादेशतर्फ निर्यात गरिएको छ । क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना हो ।
नेपालका ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का,भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्,ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुलकबीर खानले भर्चुअल प्रविधिमार्फत संयुक्त रुपमा स्वीच थिचेर आज विद्युत् निर्यातको सुभारम्भ गर्नुभयो ।
नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ ।