बिपी राजमार्गको धुलिखेल- वर्षेखोला सडकखण्ड रातिको समयमा बन्द हुने
बिहीबार, ७ मंसिर, २०८१ मा
प्रकाशित
फाइल फोटो
काभ्रे, मंसिर ७ :
बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड रातिको समयमा बन्द हुने भएको छ ।
गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडक खण्ड स्तरोन्नति गर्नका लागि रातिको समयमा बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो।
धुलिखेलदेखि वर्षेखोलासम्मको सडक खण्ड (चौकी डाँडा, नार्के बजार र कालढुङ्गादेखिमाम्तिखोलासम्म) डाइभर्सनको काम भइरहेकोले रातिको समयमा सडक बन्द रहने सूचनामा उल्लेख छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।