
चितवन, साउन २३ :
नारायणगढको नारायणी नदी किनारबाट नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ । उक्त बाघलाई निकुञ्जको भित्री क्षेत्रमा छाडिएको हो ।
नियन्त्रणमा लिइएको बाघको स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।
आइतबार बिहान बाघले बाटो बिराएर नारायणी किनारमा पुगेको र मानिससँग जम्काभेट हुँदा आक्रमण गरेपछि साँझ बाघलाई नियन्त्रणमा लिएर सौराहा लगिएको थियो ।