चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त
सोमबार, ११ मंसिर, २०८१ मा
प्रकाशित
काठमाण्डौँ , मंसिर ११ :
राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुख समेत रहनुभएकी यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (९१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।