सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव छैनः रूसी विदेशमन्त्री लावरोभ

· बुधबार, १३ मंसिर, २०८१ मा प्रकाशित
युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव छैनः रूसी विदेशमन्त्री लावरोभ
मस्को, मंसिर १३ :

युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको छ ।  

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा युद्धको मैदानमा हेर्दा, हामी अझै पनि सङ्कटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् । उहाँले भन्नुभएको छ ।”

रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई “बढ्दो कदम“ का रूपमा वर्णन गर्दै उहाँले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताउनु भएको छ ।  

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले “शत्रु पक्षको कुनै क्रियाकलापले रूसलाई  लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउँदै आफू सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको बताउनु भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार