नुवाकोट, साउन २४ :

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आज काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । थप विवरण आउन बाकी छ ।