
मंसिर २६ :
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्स विरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै छ ।
पोखराले टस जितेर पहिले ब्याटिङ रोजेको हो । पोखरा एभेन्जर्स दुई अङ्क सहित पाँचौं स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ ।
पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।
त्यस्तै, कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । कर्णाली चौथो स्थानमा छ ।