काठमाण्डौँ , मंसिर २६ :

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई  १०४ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको हो ।

पोखराले १६ दशमलव ३ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । पोखरालाई सस्तैमा समेट्ने क्रममा कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए ।

कप्तान सोमपाल कामी, युनिश सिंह ठकुरी र विपिनप्रसाद शर्माले समान १- १ विकेट लिए ।

पोखराका लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाउँदा आन्द्रेस गोसले २५ रन जोडे ।

रेमन रेइफरले २० रनको योगदान पुर्या‍उँदा कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०- १० रन बनाए ।

दिलिप नाथले ३ रन जोड्दा आकाश चन्द, माइकल लिस्कले समान २- २ र नारायण जोशी १ रनमा पभेलियन फर्किए ।