बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

पहिलो खेलमा सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
पहिलो खेलमा सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य
मंसिर २७ :

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । 

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुई- दुई तथा हर्श ठाकरले एक विकेट लिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार