बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

पोखरा एभेन्जर्सद्वारा विराटनगर किंग्स सुपर ओभरमा पराजित

· बिहीबार, २८ मंसिर, २०८१ मा प्रकाशित
पोखरा एभेन्जर्सद्वारा विराटनगर किंग्स सुपर ओभरमा पराजित
काठमाण्डौँ , मंसिर २८ :

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।

एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रन बनाएको थियो ।

१९ रनको लक्ष्य लिएर गएको विराटनगरले १ विकेट गुमाएर ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।

रेइफरले निर्धारित खेलको अन्तिम बलमा छक्का हान्दै खेल बराबरी गराएका थिए ।

त्यसपछि सुपर ओभरमा उनैले ब्याटिङ गर्दै २ छक्का र एक चौका हान्दा पोखराले १८ रन बनाएको थियो ।

सुपर ओभरमा पनि रेइफरले नै बलिङ गर्दै जम्मा ५ रन मात्र बनाए।

त्यसअघि निर्धारित २० ओभरमा विराटनगर र पोखरा दुवै टिमले १३९ रन बनाएपछि खेल टाई भएको थियो र सुपर ओभरमा पुगेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार